Below Menu

खुद ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी 

खुद ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक करिब ४६ कराेड रुपैयाँ नोक्सानीमा रहेको  छ । 

गत आवको सोही अवधिको एक अर्ब ३९ करोड ६३ लाख रुपैयाँ घाटमा रहेको बैंकको नोक्सानी घटेको हो । कम्पनीको खुद ब्याज बढेका कारण नोक्सानी घटेको हो । 

गत आवको पुस मसान्तसम्म ३५ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको खुद ब्यमज आम्दानी बढेर ४२ करोड ७२ लाख ९४ हजार रुपैयाँ पुगेको छ । उक्त ब्याज आम्दानी १९.९० प्रतिशतले बढी हो ।

यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १८.३५ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म ३७ करोड ४९ लाख रुपैयाँ रहेको सहकारी बैंकको कुल सञ्चालन आम्दानी बढेर ४४ करोड ३७ लाख रुपैयाँ पुगेको छ 

समिक्षा अवधिमा सहकारी बैंकको खराब कर्जा घटेका कारण नोक्सानी घटेको हो । गत आवको सोही अवधिमा १९.ठ६ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर १७.१३ प्रतिशतमा झरेको छ । 

बैंकको प्रति सेयर आम्दानी १६ रुपैयाँ ३० पैसा ऋणात्मक छ । पुस मसान्तसम्म बैंकको शेयर पुँजी २ अर्ब ८४ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
 

Sponsored Advertisment

Advertisment

थप समाचार