Below Menu
Below Menu

नेप्सेमा थपियो छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको सवा दुई करोड कित्ता बोनस शेयर 

नेप्सेमा थपियो छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको सवा दुई करोड कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सवा दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सले छिमेक लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत र ग्लोबल आईएमई बैंकको ५.५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्थाको २३ लाख ८१ हजार ७३७ दशलमव ६८ कित्ता र ग्लोबल आईएमई बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ दशलमव ६३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबार आउनेछ ।  

Advertisment

थप समाचार