Below Menu
Below Menu

शेयर बजारको वृद्धि कायमै, कारोबार नौं अर्ब ९० करोडमा समेटियो 

शेयर बजारको वृद्धि कायमै, कारोबार नौं अर्ब ९० करोडमा समेटियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा नौं अर्ब ९० करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब २ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले घटेको छ ।
 

Advertisment

थप समाचार