Below Menu
Below Menu

उपकार लघुवित्तको ‘लक इन’ अवधि बैशाख ८ गते सकिने, सवा चार लाख कित्ता शेयर थपिदै 

उपकार लघुवित्तको ‘लक इन’ अवधि बैशाख ८ गते सकिने, सवा चार लाख कित्ता शेयर थपिदै 

काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) २०८२ बैशाख ८ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७९ बैशाख ९ गते बाँडफाँट गरी कम्पनीका संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि चार लाख २३ हजार २८१ कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको चार लाख २० हजार कित्ता र कर्मचारीहरूको तीन हजार २८१ कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार