काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.१६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३० कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ३२ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले बढेको हो । आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment