Below Menu
Below Menu

सूर्योदय वोमी र सर्पोट लघुवित्तको पौने आठ लाख कित्ता बोनस शेयर सूचीकृत 

सूर्योदय वोमी र सर्पोट लघुवित्तको पौने आठ लाख कित्ता बोनस शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे सात लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले सूर्योदय वोमी लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको सात लाख ७४ हजार ४४४ दशमलव ७९ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत बोनसपछिको छ लाख २६ हजार १९९ दशमलव ७९ कित्ता र सर्पोट लघुवित्त वित्तीय संस्थाको १३.७७५ प्रतिशत बोनसपछिको एक लाख ४८ हजार २४५ दशलमव ०९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार