काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एप्पल सेक्युरिटिज प्रालिलाई निलम्बन गरेको छ । कम्पनीले तोकिएको समयभित्र राफसाफ तथा फर्छौट कार्य नगरेको भन्दै निलम्बन गरिएको हो ।
एप्पल सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छौट कार्य नगरेको भनी निलम्बनका लागि सिडिएस एण्ड क्लियरिङ हाउसले नेप्सेलाई पत्राचार गरेको थियो ।
सिडिएसको सिफारिस अनुसार तिन कार्यदिन लागि एप्पल सेक्युरिटिजलाई निलम्बन गरेको नेप्सेले जनाएको छ ।
Advertisment