Below Menu
Below Menu

समस्याग्रस्त सहकारीबाट ८३ करोड ६५ लाख रकम फिर्ता, शिवशिखरका पीडितले पाए साढे ७५ लाख !

समस्याग्रस्त सहकारीबाट ८३ करोड ६५ लाख रकम फिर्ता, शिवशिखरका पीडितले पाए साढे ७५ लाख !

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको साढे ८३ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार २९९ पीडितलाई ८३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो ।

कार्यालयको पछिल्लो विवरण अनुसार समस्याग्रस्त घोषित सहकारीमध्ये १३ सहकारीका बचतकर्ताहरुको सो बराबरको रकम फिर्ता गरिएको हो । हाल समस्याग्रस्त घोषित सहकारीको संख्या २२ पुगेको छ । 

उक्त सहकारीविरुद्ध आवेदन दिएका पीडित बचतकर्तामध्ये ५८ हजार २८८ पीडितको ३५ अर्ब ४५ करोड ३१ लाख ६० हजार ९०६ रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको छ । 

कार्यालयका अनुसार समस्याग्रस्त २२ सहकारी विरुद्ध ६२ हजार ७६० बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमध्ये तीन सहकारीको सबै रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । 

कार्यालयले कुबेर बचत तथा ऋण सहकारीका १० पीडितको ५७ लाख ६३ हजार ४७७ रुपैयाँ, स्ट्याण्डर्ड मल्टीप्रपोजको १६ बचतकर्ताको ७५ करोड २८ लाख ८२४ रुपैयाँ र चार्टड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको १४ बचतकर्ताको ८४ लाख ११ हजार ४९४ रुपैयाँ रकम फिर्ता गरिसकेको कार्यालयले जनाएको छ ।

कुन सहकारी पीडितले कति पाए रकम ?

कार्यालयका अनुसार स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८१ बचतकर्ताको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने ८ करोड ४० लाख ३८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध १७५ बचतकर्ताले ११ करोड ८ लाख ९३ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए ।

प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभका १८६ बचतकर्ताको ३६ करोड ३७ लाख ५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने १२ करोड ३६ लाख ९३ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध ३५२ बचतकर्ताले ४८ करोड ७३ लाख ९८ हजार ९१३ रुपैयाँ बराबरको मागदावी गरेका थिए ।

कार्यालयका अनुसार सोसाइटल बचत तथा ऋण सहकारी विरुद्ध २४० बचतकर्ताले १० करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा १६२ बचतकर्ताको ५ करोड ९८ लाख १९ हजार रुपैयाँ फिर्ता गरिएको छ भने चार करोड ८९ लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

प्रभु बचत तथा ऋण सहकारीका २० बचतकर्ताले ३२ लाख ५७ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध १३८ बचतकर्ताले १३ करोड २० लाख ८९ हजार रुपैयाँको मागदावी गरेका छन् । ११८ बचतकर्ताको १२ करोड ८८ लाख ३२ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

लुनिभा बहुउद्देश्यीय सहकारीका १०३ बचतकर्ताले ५ करोड ६८ लाख ५ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध २१४ बचतकर्ताले  ११ करोड ७४ लाख ४४हजार रुपैयाँको मागदावी गरेका छन् । १११ बचतकर्ताको ६ करोड ६ लाख ३८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ओरियन्टल सहकारी विरुद्ध ४ हजार २५९ बचतकर्ताले तीन अर्ब १९ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा ६०१ बचतकर्ताको २४ करोड रुपैयाँ फिर्ता गरिएको छ भने तीन हजार ६५८ पीडितको दुई अर्ब ९५ करोड ५० लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कञ्जुमर बचत तथा ऋण सहकारीका बचतकर्ताले तीन लाख रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध ५६ बचतकर्ताले चार करोड ३४ लाख ७८ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको चार करोड ३१ लाख ७८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताले ७५ लाख ७६ हजार  रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध ३२ हजार ६१३ बचतकर्ताले नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको बाँकी नौ अर्ब ४८ करोड ५६ लाख ६४ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाम्रो नयाँ कृषि सहकारीका ५० बचतकर्ताले सात करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा २२ बचतकर्ताको पाँच करोड ६३ लाख ३२ हजार रुपैयाँ फिर्ता गरिएको छ भने २८ पीडितको दुई करोड १४ लाख ५८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै गौतम श्री बहुउद्देश्यीय सहकारीका चार बचतकर्ताले एक लाख ६६ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध एक हजार ६७३ बचतकर्ताले तीन अर्ब एक करोड ४५ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको बाँकी तीन अर्ब ९८ लाख ७८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस बाहेक समस्याग्रस्त अन्य नौं सहकारीको बचत फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । 
 

Advertisment

थप समाचार