Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, चार अर्ब ४८ करोडमा समेटियो कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, चार अर्ब ४८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.३८ अंकले बढेर २६६९.७६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१० कम्पनीको शेयरमूल्य बढेको छ । भने ३३ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब ३२ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेपाल रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.२९ प्रतिशतले बढेको हो । आज अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४.९२ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार