Below Menu
Below Menu

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । 

यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

यस वर्ष प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८ सय ३५ जना उतिर्ण, मधेश प्रदेशमा ५९ हजार ७ सय ४९ जना, बाग्मती प्रदेशमा १ लाख १९ हजार ५ सय १७ जना, त्यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६ सय ८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८ सय ४ जना ग्रेडिड भएका छन् ।  

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । 

एसईई परीक्षामा जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । 

  

 

  

 

Advertisment

थप समाचार