Below Menu
Below Menu

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो–ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन 

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो–ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन 

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ ।

“कर लगाउने सन्दर्भमा, व्यापार र भन्सार शुल्क युद्धको कुनै विजेता हुँदैन र संरक्षणवादले अगाडि बढ्ने कुनै बाटो दिँदैन भनेर चीनले बारम्बार आफ्नो स्थिति स्पष्ट पारेको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने ।

ट्रम्पले व्यापारिक साझेदारहरूलाई सम्झौतामा पुग्नका लागि आफ्नो समयसीमा समाप्त हुनुभन्दा केही दिनअघि सोमबार विभिन्न देशहरूलाई पहिलो भन्सार शुल्क पत्र पठाउने बताएका छन् । 

यदि देशहरूले सम्झौता गर्न असफल भए भने आयातमा अमेरिकी कर अप्रिलमा निर्धारित उच्च स्तरमा फर्कने चेतावनी दिँदै उहाँले आइतबार १५ वटा पत्रको पहिलो ब्याच पठाउने बताएका थिए।

आफ्नो ट्रुथ सोसल नेटवर्कमा एक पोस्टमा उहाँले आइतबार रियो डि जेनेरियोमा भएको शिखर सम्मेलनमा उनको शुल्कको आलोचना गरेपछि तिनीहरूलाई ‘अमेरिका विरोधी’ भएको आरोप लगाउँदै ब्रिक्स राष्ट्रहरूसँग मिल्ने उदीयमान देशहरूमा थप १० प्रतिशत शुल्क लगाउने धम्की दिए । 

दुई दशकअघि तीव्र गतिमा विकास भइरहेको अर्थतन्त्रका लागि मञ्चका रूपमा परिकल्पना गरिएको ब्रिक्सलाई अमेरिका र पश्चिमी युरोपेली शक्तिका लागि चीनद्वारा सञ्चालित प्रतिसन्तुलनका रूपमा हेरिएको छ ।

तथापि, बेइजिङले सोमबार यस समूहको ‘उदीयमान बजार र विकासशील देशहरूबीच सहयोगको महत्त्वपूर्ण मञ्च’ भनेर रक्षा गरेको छ । “यसले खुलापन, समावेशिता र जित–जितको सहयोगको वकालत गर्छ”, माओले भने, “यो खेमाबन्दी टकरावमा संलग्न हुँदैन र कुनै देशलाई लक्षित गरिएको छैन ।”

Advertisment

थप समाचार