सहकारीमा समस्या आउनुको मुख्य कारण भनेको सहकारीलाई, सहकारीको सिद्धान्त, मूल्य, मान्यता अनुसार सञ्चालन नगरेकाले हो । कतिपय सहकारीमा लाग्ने मान्छे नै सहकारीको सुझबुझ नभएको दक्षता नभएको पनि छन् । सञ्चालक, लेखा सुपरिवेक्षक समिति, कर्मचारी नै दक्ष नभएको कारणले पनि अहिले सहकारीमा समस्या आयो । मुख्यतः सहकारीको स्थापना हुँदै स्वार्थसहित स्थापना भयो भने त्यस्ता सहकारीमा समस्या हुन्छ । सहकारी सदस्य केन्द्रित भएर सञ्चालन भएन, व्यक्ति केन्द्रित भयो । सहकारीले मुख्यत सदस्यलाई शिक्षा दिनुपर्छ तर नेपालमा यो हुन सकेको छैन । सदस्यहरूलाई शिक्षा नै दिएन । सहकारीमा सदस्यलाई यो संस्था मेरो हो भन्ने भावनाको विकासै भएन । सहकारीको नेतृत्व र कर्मचारीलाई सहकारीका नीति नियम बारेमा एउटा त बुझाउन आफै पनि बुझ्न चाहेनन् ।
सहकारीले विशेषतः उत्पादन क्षेत्रमा लगानी गरेनन् । कतिपय सहकारी घर जग्गा कारोबारमा लागे कतिपय पारिवारिक सहकारी भए, त्यसैले पनि यस क्षेत्रमा समस्याहरू बढ्दै गए । आफ्ना नातापाता मिलेर अनि त्यहाँबाट फाइदा लुट्नको लागि सहकारी बनाए कतै राजनीतिक हिसाबले पनि सहकारी बनाइयो यो पनि सहकारी क्षेत्रलाई बदनाम गर्ने अर्को कारण हो ।
यसरी सहकारी सिमित समूहहरूले आफ्नो स्वार्थपूर्तिका लागि गर्न पनि स्थापना गर्न सक्छन् । त्यसैले यो समस्या बढिरहेको समयमा हामी सहकारी अभियानकर्मीहरूले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने हुन्छ । सबैले अभियान चलाउनुपर्ने हुन्छ। त्यसैले अहिले हामीले देशव्यापी सहकारी जागरण अभियान सञ्चालन गरेका छौं । संस्थाको आन्तरिक सुशासन बलियो बनाउन होस् वा लेखा सुपरिवेक्षण समितिलाई जिम्मेवार बनाउन यो अभियानले ठुलो सहयोग गरेको छ ।
सञ्चालक त नाम मात्रैका भए, केही केही निश्चित सञ्चालक केही निश्चित अध्यक्ष म्यानेजर यस्ता मान्छे दुइ चार जनाले ठेक्कामा सहकारी चलायो अनि त्यस्ता सहकारीले के गर्छन । अहिले सहकारीहरू बिग्रेका छन् भने बढी बाठाले चलाएको सहकारी बिग्रेको छ । कि जान्दै नजानेले चलाको बिग्रेको छ बाठा चाहिएको भन्दा बढी जान्ने हुने अनि नजान्नेले सिक्न समय लाग्ने भएका कारण सहकारीमा समस्या आईरहेको हो ।
सहर बजारमा बाठा टाडा छ नि तिनले चलाएको सहकारी बिग्रेको छ । गाउँतिर अलि निस्क्रिय सहकारी छन् जहाँ शिक्षाको कमी छ चेतना स्तर कम छ यो पनि सहकारी विग्रनुको अर्को कारण हो । जान्नेले पनि बढी जान्ने भएर चाहिने भन्दा बढी जान्ने भएर सहकारी चलाउनु भएन, नजान्नेले जानेर चलाउनु पर्यो । नीति नियम, ज्ञान लिनु पर्यो, सिकाई हुनु पर्यो, सहकारीका मूल्य मान्यता सिद्धान्तको बारेमा पनि जानकारी लिनुपर्यो । अनि सेवा कसरी दिने भन्ने बारेका कुराहरू पनि सोच्नु पर्यो । सेवालाई विविधिकरण गर्ने कुराहरू पनि सोच्नु पयो ।
सहकारी अभियानको नेतृत्वले पनि त्यसलाई गहिराईमा तलसम्म बुझेर यसलाई चिरफार गर्ने ढङ्गले जान सक्नु पर्छ । सरकार पनि यो सहकारी किन बिग्रियो भनेर अन्योलमा छ ।
सरकारी संयन्त्रमा दर्ता गरेर मात्र छाड्नु भएन । दर्ता भएका सहकारीहरूको अवस्था के छ ? कस्तो छ ? भन्ने बारेमा अलि मसिनो ढङ्गले हेर्ने वानीको विकास गर्नुपर्ने छ । सहकारी अभियानको कारणले पनि बिग्रेको छ र अभियान मात्रै पनि दोषी पनि होइन । जिम्मेवारीमा बस्ने अभियानका नेतृत्वमा बस्ने मान्छेहरू छौं । सहकारी क्षेत्रको छाता सङ्गठन सहकारी महासंघले आफ्ना मातातका संघ संस्थाहरू बलियो बनाउनु पयो । अनि मातहातका जिल्ला संघ प्रदेश संघ केन्द्रीय संघहरूले आफ्ना सदस्य संस्थालाई बलियो बनाउनु पर्यो ।
संस्थाले सदस्यलाई विभिन्न सेवा दिने, बुझाउने कामहरू गर्नुपथ्र्यो, उद्देश्य अनुसार चलाउनु पथ्र्यो, यसको मूल्य मान्यता अनुसार चलाउनु पथ्र्यो नीति नियम पालन गरेर चलाउनु पथ्र्यो यो अनुसार कतिपयले चलाउन नसकेको कारणले सिमित सहकारीमा समस्या आयो यसले अभियानमाथि नै प्रश्न उठ्ने अवस्था भयो । म एउटा प्रारिम्भिक संस्था धादिङको चैनपुरबाट यस अभियानमा लागेको हुँ । त्यो संस्थाको म अध्यक्ष भएदेखिबाट त्यो संस्थाले राष्ट्रिय पुरस्कार पायो म जिल्ला जिल्ला संघमा आए जिल्ला संघ त्यसपछि साना कृषि संघले राष्ट्रिय स्तरमा पुरस्कार पायो म केन्द्रीय संघमा आए केन्द्रीय संघले अहिले अन्तराष्ट्रिय लेभलको पुरस्कार पाएको छ। हामी जहाँ बसेका छौ त्यसलाई कुनै कम नहुने ढङ्गले सञ्चालन गर्ने प्रयास गरेका छौं ।
अभियानका मान्छेले अलि माथिको पद ताक्ने जस्तै अध्यक्ष खोज्ने सञ्चालक खोज्ने जिम्मेवारी खोज्ने तर त्यो अनुसारको आफ्नो जिम्मेवारी र दायित्व पूरा नगर्ने हैन अनि भोलि कसैले औलो ठाडो पायो भने त्यसको कसैले जिम्मेवारी नलिने प्रवृति हावी छ यो अर्को समस्या हो । पहिला आफ्नो संस्था राम्रो चलाउने मान्छे जिल्ला संघमा प्रदेश संघमा, केन्द्रीय संघमा, महासंघमा आउने हो । आफ्नै संस्था गतिलो नबनाउने मान्छे चाहिँ माथि माथि पुग्दा अभियान बिग्रिएको हो । त्यसकारणले पहिला आफूले असलको संस्था तल बनाउने अनि अरुले तपाईलाई माथि जिम्मेवारीहरूमा आइदिनुस भनेर खोजेर पो जिम्मेवारीमा पर्छ । आफ्नै चलाइरहेको संस्था जाने वातावरण बनाउनु बिग्रेको सुधार्न नसक्नेले त्यो भन्दा माथि ठुलो जिम्मेवारी लिएर सपार्छ भन्ने भ्रम मात्र हो ।
सहकारी कसको कारणले बिग्रिए ?
सहकारीमा कसको कारणले समस्या आएको छ ? सहकारीलाई समस्यामा पार्ने को हो ? यसको जवाफ गहिरिएर खोज्ने हो भने यसका उत्तरहरू धेरै आउन सक्छन् । सामान्यतय सहकारी अभियानका कारण विग्रेको हो, न त सरकारका कारणले यो त नितान्त सहकारीको नेतृत्व गर्नेहरूका कारणले समस्या भएको हो । सबैभन्दा पहिला जुन सहकारी तपाईले चलाउनु भएको छ त्यो सहकारी राम्रो बनाउँनुभयो भने अब भन्नुहोस सहकारी कसरी विग्रन्छ ? त्यसैले अरुतर्फ औँला फर्काएर होइन आफ्नो जिम्मेवारी र दायित्व मैले कति पूरा गरेँ भनेर आफैलाई प्रश्न गरौं यसले धेरै समस्याको समाधानमा सहयोग गर्छ ।
नेपालमा हामी जस्ता मान्छेले सहकारी ठिक ढङ्गले नचलायका कारणले बिग्रेको हो । सरकारले लाइसेन्स दियो अधिकार दियो छरिएर बसेको जनतालाई चाहिँ सँगठित गर्ने संस्था बनाउने अनि तिनै सदस्यबाट उठाएको पुँजीलाई पुँजी केन्द्रकित गर्ने र त्यो पुँजीलाई ठिक ठाउँमा लगानी गर्ने अनि त्यसबाट सदस्यलाई लाभदायी दिने गरी व्यवस्था मिलाउन सके समस्या केही आउँदैन । सरकारले संस्था दर्ता गर्ने काम मात्रै गर्यो अनुगमन निरीक्षणको पाटो कामै गरेन हैन नीति नियम अनुसार कसले काम गर्यो गरेन त्यो पनि नहेर्ने कुन संस्था सक्रिय छ कुन संस्था कुन छैन यो पनि राम्रोसँग लेखाजोखा राख्नुपर्ने हुन्छ ।
कतिपय संस्थाको कार्यक्षेत्र पनि ठुलो छ । यसले पनि संस्थालाई प्रभावकारी रुपमा सञ्चालनमा केही समस्या भइरहेको छ । समग्रमा मैले बुझेको सहकारी विग्रनुमा कुनै न कुनै रुपमा अभियान दोषी छ । सरकार, सदस्य पनि केही न केही हिस्साको भागेदारी छन् नै
मन्त्रालयमात्र धाएर मन्त्री कहाँ मात्रै गएर कर्मचारी कहाँ मात्रै गएर विभिन्न निकायमा मात्र गएर अब हाम्रो सहकारी जोगिदैन । खास खास कुरा लिन त्यहाँ हामी जाने हो अनि हामी चाहिँ धेरै हाम्रो समय हाम्रा संस्थामा हाम्रा सदस्यमा हाम्रा संघ, जिल्ला संघमा प्रदेश संघमा तिनीहरूलाई नै बलियो बनाएर तिनीहरू सहितलाई लिएर हामी आम रुपमा अगाडि बढ्नु पर्छ ।
हामी यो सङ्कटको समयमा संस्था र सदस्यकहाँ पुग्नुपर्छ त्यसकारणले एक नम्बरमा हामीले यो काम गर्नुपर्यो अर्को चाहिँ सदस्यलाई सहकारी शिक्षा दिनुपर्यो । अभियान चलाउनु पयो देशव्यापी रुपमा यो अहिले जुन भाष्य खडा गरिएको छ सहकारी भनेको राम्रो हैन, ठिक हैन, राम्रो गर्दैनन् भन्ने कुरालाई चाहिँ होइन यो गलत कुरा हो भनी कसैले भन्दैन ।
सहकारी क्षेत्र बिग्रेको कारणले अहिले सहकारी माथि आको जुन आरोपको कुरा हो हामीले चलाउन नजानेर होला तौर तरिका नपुगेर होला सहकारी आफैमा नराम्रो छैन । चलाउन नजान्दा पनि कतिले बिगारेको छन्, कतिले नियत तिनीहरूलाई खान पुग्ने छ भने तिनीहरूलाई खान पुग्ने बनाउने खराब राखेर चलाउँदा खेरी बिग्रेको छ त्यसकारणले यो अभियानलाई हामीले जोगाउनका लागि चाँही तवाईं सेयर सदस्यहरुले यसलाई साथ दिनुपर्छ भनेर हामी हाम्रा कमजोरी पनि स्वीकार्ने राम्रा कुरा बताउने र अनि सदस्यलाई सहकारी प्रति आस्था विश्वास जगाउनको लागि हामी सदस्यको बीचमा जानुपर्छ ।
अबका बाटो
अब विशेष गरी हामीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ । आम्दानी हुने क्षेत्रमा लगानी बढाउनुपर्छ । सदस्यहरूलाई सेवामा विविधिकरण गर्नुपर्छ । धेरै खाले सेवाहरू सदस्यलाई पुर्याउनुपर्छ । सेवा पाइसकेपछि यो सहकारी भएन भने हाम्रो जीवन नै बर्बाद हुन्छ हाम्रो पहिलो त सहकारी जोगाउने काम हुनुपर्छ । हामी लाग्नु पर्छ भन्ने भावनको विकास सदस्यमा गराउनुपर्छ । संस्थालाई दिगो र पारदर्शी बनाउनु पर्छ । सदस्यहरूलाई उत्पादन र उद्यमसँग जोड्दै बजारीकरणमा संस्थाले नै सहजीकरण गर्नुपर्छ ।
संस्थालाई नाफामा सञ्चालन गर्दै उद्देश्य र विषय अनुसारको काम गर्ने धारतिर गइरहेको छैन भने लैजानुपर्छ । रणनीतिक योजना बनाएर हामी सबै यो अभियानमा लाग्नुपर्छ । आफ्ना कर्मचारी, सञ्चालक अनि लेखा सुपरिवेक्षण समितिलाई सबै ढङ्गबाट एक नम्बरको बनाएर अगाडि बढ्नुपर्ने हुन्छ ।
निश्चित मान्छेले ठेकदारको रुपमा सहकारी चलाएका छन् । अब त्यस्तो हैन के ? सहकारी चलाउने अध्यक्षले हो ? म्यानेजरले हो ? के सञ्चालकले हो ? बिल्कुल हैन । संस्था यो तीनटा अङ्गले चलाउनु पर्छ । अब हाम्रो उत्पादन र आय अर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्यो हाम्रा संस्थामा योजना बनाएर कति जना मान्छेलाई यो सालमा व्यवसायी बनाउने कति जना मान्छे गरीब छन् भने तिनीहरुलाई खान नपुग्ने छ भने खान पुग्ने बनाउने भनेर लाग्नुपर्ने हुन्छ । हमीले त सदस्य केन्द्रित योजना बनाएर उनीहरूकै जीवन र भविष्य बलियो हुने ढङ्गले सहकारी सञ्चालन गर्नुपर्ने हुन्छ ।
अहिलेको सहकारीको अवस्थाबाट सहकारीलाई माथि उठाउन अभियान फरक ढङ्गले लाग्नुपर्ने हुन्छ । विगतमा जस्तै परम्परागत रुपमा काम गरेर अभियान चलायर अभियान जोगिने वाला छैन । कति संस्था निस्क्रिय छन् ? कति संस्था सक्रिय छन् ? यो हेरेर नाम मात्रैको चलेको संस्थालाई सक्रिय बनाउनु पर्छ कि बन्द गर्नुपर्छ ।
गल्ती गर्नेलाई सरकारले कारबाहीमा ल्याउनुपर्छ । जनताका पैसा दुरुपयोग गरेर बदमाशी गरेर लापरवाही गर्नेलाई चाहिँ त्यसले कडा भन्दा कडा कारबाहीको भागीदार हुनुपर्छ । अनि सरकार छ भन्ने अनुभूति पनि देखाउनु पर्छ । कतिपयलाई लाग्ला सहकारीलाई सरकारले नियन्त्रण गर्नुहुँदैन हो ठिक ठाक अवस्थामा कन्ट्रोल गर्नुहुँदैन । तर सरकारले सहकारी कन्ट्रोल नगर्ने हो भने आफैले कन्ट्रोल गरेर चलाउनु पर्यो नि । आफूपनि गतिलोसँग सहकारी नचलाउने आफूले पनि ठिक काम नगर्ने अनि सरकार चाहिँ टुलुटुलु हेर्न बस्या हो र ? सरकारले पनि आफ्नो ठाउँबाट चाहिँ कन्ट्रोल गर्न खोज्छ किनभने जनताको जवाफदेही त सरकार हुन्छ ।
सहकारी आफूले बिगार्ने अनि दोष सरकारले बोकेर बस्छ ? त्यसकारणले बोल्न मिल्ने कुरा गर्न मिल्ने कुरा पनि गर्नुपर्छ । कहिले कहिले अभियानका साथीहरू भन्नुहुन्छ सरकारकै विरुद्धमा आन्दोलन गर्न जाउ यो अलि नमिलेको कुरा छ । सहकारी हामी आफैले बिगारेर सरकार विरुद्ध आन्दोलन गर्न गएर मात्र हुन्छ ? पहिले सहकारी राम्रो बनाउ अनि बल्ल अरु कुरा गरौंला । हामीले रचनात्मक काम गरेर आफ्नो ठाउँमा ठिक ढङ्गले काम गरेर अगाडि बढ्नुपर्छ ।
सबै संघहरूले आफ्नो मातहतका संस्थाहरू राम्रो बनाउनु पर्छ । महासंघले केन्द्रीयसंघ र सदस्यहरू, प्रदेशसंघले प्रदेश मातहतका संघहरू, जिल्ला संघले जिल्लामातहका संस्थाहरूलाई राम्रो बनाउन पर्छ त्यसपछि सहकारीमा समस्या कतै आउनेछैन ।
नेतृत्व केन्द्रमा सिमित घेरामा बसेर काम गर्ने होइन । अब पुरै तल झर्नुपर्छ मैले त पटकपटक यो कुरा भन्या छु । त्यसो नगर्ने हो भने यो महासंघको पनि औचित्य हुँदैन । महासंघलाई औचित्यपूर्ण बनाउने हो भने महासंघको लिडरहरू काठमाडौं र बाहिर अन्त घुम्ने हैन कि अब तल फिल्डमा जाने जिल्लाका संघहरू बलियो बनाउने विषयगत संघहरू बलियो बनाउने त्यो संघलाई सँगसँगै लिएर अगाडि बढ्ने गर्नुपर्छ ।
सदस्य राम्रो र बलियो बनाउन अब चाहिँ फिल्डमा हुनुपर्छ । यो राजधानी काठमाडौँ चारतिर घुमेर र हिडेर हाम्रा चिज अब बाँच्दैनन् । म त के अठोट गरेर लागेको छ भने अहिले करिब ४० वटा जिल्लाहरूमा संस्थाका सञ्चालक, कर्मचारी, लेखा सुपरिवेक्षण समितिलाई राखेर सहकारी जागरण अभियान सञ्चालन गरीरहेका छौं ।
जस परिणाम पनि सकारात्मक देखिएको छ । हाम्रा संस्था आफैले जोगाउने हो हाम्रा जिल्ला र प्रदेश संघ आफैले जोगाउने हो र संस्थालाई बलियो बनाउनको लागि सञ्चालकको भूमिका सञ्चालकले खेल्नु पर्याे । लेखा सुपरिवेक्षण समितिको लेखाले गर्नु पर्यो । कर्मचारीको काम सहि ढङ्गबाट कर्मचारीले गर्नुपर्ने हुन्छ । कर्मचारीले पैसा सहायकलाई थाहा हुँदैन, अध्यक्षले के गडबड गरेको छ? अरु खाइसक्यो लेखालाई थाहा हुँदैन ? म्यानेजरले पैसा खायो सञ्चालकलाई थाहा हुँदैन । अब यस्तो हुँदैन र हुन दिइदैन ।
हामीले पूरा प्रशिक्षण गरेर सबैलाई जिम्मेवार बनाउने जसले नीति नियम पालन गर्दैन सहकारीको मूल्य मान्यता अनुसार चलाउँदैन आफ्नो जिम्मेवारी आफैले बहन गर्दैन त्यो जिम्मेवारी बहन गर्नलाई समय दिन सक्दैन त्यसले छोड्ने । जसले गर्न सक्छ त्यो बस्ने अब अभियानमा नाम लिएर पद लिएर चाहिँ बस्ने होइन अब यसलाई जोगाउन हामी यो तिनटै अङ्ग चुर्लुङमै डुबेर लाग्नुपर्छ ।
(कुराकानीमा आधारित)
Advertisment