Below Menu
Below Menu

पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन

पोखरामा नेसनल प्याब्सन कास्की जिल्ला तदर्थ समिति गठन, रोशन कोइराला अध्यक्षमा चयन

काठमाडौं : पोखरामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याब्सन० को कास्की जिल्ला तदर्थ समिति गठन भएको छ।

समिति गठन कार्यक्रम नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा सदस्य गीता राणा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। गीता राणा कानुन, योजना तथा नीति निर्माण विभाग र मधेश प्रदेश समन्वय उपसमिति संयोजक समेत हुन्।

तदर्थ समितिको अध्यक्षमा रोशन कोइराला चयन भएका छन्। यस्तै उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा केसी र कोषाध्यक्षमा कमल थापा रहेका छन्। सदस्यमा अर्जुन आचार्य, मार्कण्ड अधिकारी र जीवन गोर्खाली रहेका छन्।

समितिका पदाधिकारीहरुलाई केन्द्रीय अध्यक्ष राणाले पदस्थापन गराउँदै सपथ ग्रहण गराइ प्रमाणपत्र प्रदान गरेकी थिइन्। कार्यक्रममा बोल्दै अध्यक्ष राणाले सरकारले ल्याएको पूर्ण छात्रवृत्तिमा संशोधन आवश्यक रहेको बताइन् । उनले शिक्षक क्षमतावृद्धि, पाठ्यक्रम सुधार र नीति निर्माणमा केन्द्रबाट अघि बढाइरहेको कामको जानकारीसमेत गराएकी थिइन्। साथै, कम्पनीबाट गुठी जाने विद्यालयले फरफारक गरेर मात्र जानुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रम संयोजक तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले स्वागत मन्तव्य राखेका थिए। कास्कीका पूर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले एन प्याव्सन कास्कीको विगतदेखि वर्तमानसम्मका अनुभव सुनाउँदै बधाई ज्ञापन गरे।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष बिष्णुहरि पौडेल, केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश समन्वय उपसमिति संयोजक कुमार भट्टराई, गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहान, लुम्बिनी प्रदेश समन्वय उपसमिति संयोजक सुबोध डाँगी, बागमती प्रदेश समन्वय उपसमिति संयोजक सुर्यबहादुर अधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा, पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले समेत शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको व्यवस्थापन केन्द्रिय उपसमिति संयोजक कमल रानाभाटले गरेका थिए। यसै क्रममा तनहुँ जिल्ला तदर्थ समितिका अध्यक्ष बिश्वेश्वर खनालले पनि शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा तनहुँ जिल्ला शाखाबाट उत्साहजनक उपस्थिति रहेको थियो।

तदर्थ समितिका अध्यक्ष कोइरालाले आफ्ना प्रतिबद्धता र आगामी योजनासँग सम्बन्धित मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले गरेका थिए।

Advertisment

थप समाचार