काठमाडौं : ग्लोबल आईएमई बैंकका प्रमुख बजार प्रवद्र्धक राज अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिईरहेको बताएका छन् ।
विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भएपनि अहिले भने कम रहेको बताएका हून्। उनले भने, ‘अहिले ६० प्रतिशत ऋण लिने ४० वर्ष उमेर भन्दा कमका छन् । त्यसमा पनि महिला हरु बढी छन् ।’
‘सबैभन्दा बढी काठमाडौं नै भएपनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘काठमाडौं बाहिरका सहर हरुमा पनि बजार विस्तार गर्दै गएको छौं ।’
स्थिर आम्दानीको स्रोत भएको र उमेर पुग्ने विद्यार्थीले गाडी चड्न सक्ने उनले बताए । हायर प्रचेज कम्पनीलाई कर्जा दिए पछि बैंकलाई पनि सहज हुने उनको भनाइ छ । यसले गर्दा बैंकहरुको जोखिम पनि पास हुने उनले बताए ।
सबै डकुमेन्ट पूरा गरेको भए बैंकहरुले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ । गाडीको लोन टी भ्यालु रसियो हुने भएकोले कागज पूरा भएपछि कर्जा प्रवाह गर्न समस्या नहुने उनले बताएका हुन् ।
आधार दरमा केही प्रतिशत प्रिमियम थपेर बैंकहरुले कर्जा प्रवाह गर्ने गरेको उनको भनाइ छ ।