काठमाडौं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । दुवै संस्थाबीच प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र जोय स्टोरका कार्यकारी निर्देशक गुरुदत्त शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आईफोनमा ५ प्रतिशत, म्याक बुकमा ५ प्रतिशत र २० प्रतिशत आईफोन र म्याकबुकका एसेसरिजहरूमा छुट पाउनेछन् । उक्त छुट क्रेडिट कार्ड होल्डरहरूलाई इन्स्ट्रापेबाट किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइने बताइएको छ ।
त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै 'बैंक अफ द इयर २०२३'को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
साथै, यो बैंक 'फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड– २०२४ अवार्ड'बाट पनि सम्मानित भएको छ।
Advertisment