Below Menu
Below Menu

मौलाकाली केबलकारले भन्यो- ‘सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन’

सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सङ्कल्प गरौँ

मौलाकाली केबलकारले भन्यो- ‘सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन’

काठमाडौं : जेन जी प्रदर्शनका क्रममा पर्यटकीय स्थान मौलाकाली केबलकारमा पनि ठूलो क्षति भएको छ । आन्दोलनकारीहरुले तोडफोड र आगजनीले केबलकार स्टेशनमा ठूलो क्षति पुर्याएको हो ।

ठुलो क्षति भए पनि सपना र अठोट नभाँचिएको मौलाकाली केबलकार लिमिटेडले जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी सबैले हातेमालो गरी  छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने सङ्कल्प गर्दछौँ । हाम्रो यो सङ्कल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा सहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ ।’

तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रण गर्ने क्रममा  सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गर्नुभएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

सबैले हातेमालो गरी  छिट्टै सेवा सुचारु गर्ने समेत कम्पनीले जनाएको छ । अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने सङ्कल्प कम्पनीले गरेको छ । ‘हाम्रो यो सङ्कल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा सहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेन जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना कम्पनीले गरेको छ।

गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको   मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक हो । देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सगसगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Advertisment