Below Menu
Below Menu

नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ? 

नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ? 

काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते, ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।

उक्त सभाले प्रस्तावित लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज १० गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार