Below Menu
Below Menu

जेन जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

जेन जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

काठमाडौं : चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन्।

उनले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा सहिद भएका परिवारका एक-एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।

एक्समा उनले लेखेका छन्, ‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’

आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भए पनि चौधरी ग्रुप पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढेको उनले बताएका छन् । उनले अगाडि लेखेका छन्,“यो पीडादायी घडीमा पनि हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर भविष्य निर्माण गर्नेछौँ ।”

सहिद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।
 

Advertisment

थप समाचार