Below Menu
Below Menu

सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने, कात्तिक १५ गते बोलायो साधारणसभा 

सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश दिने, कात्तिक १५ गते बोलायो साधारणसभा 

काठमाडौं : सेन्चुरी इनर्जी लिमिटेडले कार्तिक १५ गते, शनिबार वार्षिक साधारणसभा बोलाएको छ । असोज ७ गते बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने, साधारण शेयर निष्कासन र हकप्रुद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा एटिक रेष्टुरेण्ट, ज्ञानेश्वर, काठमाडौंमा बिहानको ८ः३० बजे हुनेछ । सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्न, आव २०८१÷०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आसाढ मसान्त सम्मको वित्तीय विवरण, सोही अवधिको वार्षिक विवरणसँग सम्बद्ध अनूसूची छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन तथा पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने, आव २०८१/०८२ मा भएको कम्पनीको मुनाफाबाट कम्पनीको हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश तथा २५ प्रतिशत बोनस शेयर गरि जम्मा ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, हकप्रद शेयर वा जगेडा शेयर जारी गर्ने, सोको माग गर्ने तथा बाँडफांड गर्ने सम्बन्धमा सम्पूर्ण प्रकृया संचालन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण शेयर जारी गर्ने, साधारण सेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग र कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ । 

यसका साथै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डाहरु पनि रहेका छन् । 

Advertisment

थप समाचार