Below Menu
Below Menu

आईस्मार्ट एपका सीईओ विष्णु महर्जन ‘फिनटेक अनर अवार्ड’बाट सम्मानित

आईस्मार्ट एपका सीईओ विष्णु महर्जन ‘फिनटेक अनर अवार्ड’बाट सम्मानित

काठमाडौं : देवन सफ्ट प्रा.लि. (आईस्मार्ट-iSmart ) का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जन ‘नेशनल नोजा अनर अवार्ड २०८२’ बाट सम्मानित भएका छन् । 

राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) द्वारा आयोजित नेशनल नोजा अनर अवार्ड २०८२ अन्तर्गत ‘फिनटेक अनर अवार्ड’बाट महर्जन सम्मानित भएका हुन् । नोजाको ११औं वार्षिकउत्सवको अवसरमा आयोजित अवार्ड वितरण समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले महर्जनलाई उक्त अवार्ड प्रदान गरेका थिए ।

नेपाली समाज रुपान्तरणका लागि टेक्नोलोजीको विकास, गुणस्तर एवं आधुनिक बैंकिङको संरचनामा महत्वपूर्ण भूमिका खेल्दै फाइनान्सीयल टेक्नोलोजीको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान तथा प्रडक्ट उत्पादन कार्यमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै अवार्ड प्रदान गरेको अध्यक्ष मुकुन्द ढुंगानाले बताए।

सन् २००७ मा त्रिभुवन विश्वविद्यालयबाट सूचना व्यवस्थापनमा स्नातक र सन् २०१६ मा पूर्वाञ्चल विश्वविद्यालयबाट कार्यकारी व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका महर्जन नेपालका एक अनुभवी फिनटेक तथा बैंकिङ विशेषज्ञ हुन् । उनीसँग वित्तीय क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव छ। 

आफ्नो करियरका क्रममा प्राइम बैंक, सनराइज बैंक, निर्धन लघुवित्त र बहुराष्ट्रिय फिनटेक कम्पनी PureSoftware जस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरेको अनुभव महर्जनसँग छ। 

विगत तीन वर्षदेखि उनी देवन सफ्ट प्रा.लि.मा कार्यरत छन् । देवन सफ्टले विकास गरेको सहकारी मोबाईल बैंकिङ एप ‘आईस्मार्ट’ (ismart) सहकारी क्षेत्रमा लोकप्रिय छ । स्थापनाको तेस्रो वर्षमै पाँच सय सहकारीका २ लाख ५० हजार बढी सदस्यहरु ‘आईस्मार्ट’ मोबाईल बैंकिङ एप प्रयोग गर्दछन् । कम्पनीले आफ्नो स्लोगन नै ‘अबको सहकारी, डिजिटल सहकारी’ राखेको छ ।

विशुद्ध सहकारीहरुका लागि लक्षित गरी विकास गरिएको ‘आईस्मार्ट एप’ आईओएस र एन्ड्रोईड दुबै भर्सनमा उपलब्ध छ । जुनसुकै कोर बैंकिङ सिस्टम प्रयोग गर्ने सहकारीहरुले यसको सेवा लिन सक्छन । हाल ४० वटा कोर बैंकिङ सफ्टवेयर प्रयोग गर्ने सहकारीले यसको सेवा लिइरहेका छन् । यो कम्पनी आईओएस ९००१ र २७००१ प्रमाणित छ । 

सहकारीबाट बैंकहरुमा रकम ट्रान्सफर मात्रै नभई बैंकहरुको खाताबाट पनि सिधै सहकारीको खातामा बिना झन्झट सिधै र सजिलै रकम ट्रान्सफर गर्न सकिन्छ । हाल कृषि विकास बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, लक्ष्मि सनराईज बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक र मन्जुश्री फाइनान्सबाट सिधै सहकारीको खातामा केही सेकेन्डमै रियल टाई फण्ड ट्रान्सफर गर्न मिल्छ। साथै, सदस्यहरूलाई दिइएको क्यूआर कोडमार्फत १० मिनेटभित्र जुनसुकै बैंक वा डिजिटल वालेटबाट समेत आफ्नै सहकारी खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ।

सहकारीका सदस्यहरुले विभिन्न सरकारी भुक्तानी, विजुली, खानेपानी, हवाई तथा बसको टिकट, मोबाईल टपअप, टिभी तथा इन्टरनेटको रकम भुक्तानी गर्न सक्दछन् । साथै ब्रोकर पेमेन्ट, बीमाको रकम भुक्तनी, कनेक्ट आईपीएस, वालेट लोड समेत सरल, सहज र सुरक्षित तवरले गर्न सक्छन् । यसका साथै एसएमएस बैंकिङ, एटीएम, मिस्डकल बैंकिङ, ट्याबलेट बैंकिङ, रेमिटेन्स र इन्टरनेट बैंकिङ सेवा पनि उपलब्ध छ । 

Advertisment

थप समाचार