Below Menu
Below Menu

डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न अटेर गर्ने ६ उद्योगको लाइन काटियो

बक्यौता तिरेमा पुनः जोडिने

डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न अटेर गर्ने ६ उद्योगको लाइन काटियो

काठमाडौं : डेडिकेटेड फिडर तथा ट्रंकलाइन लिएवापतको बक्यौता नतिर्ने ६ वटा उद्योगको लाइन काटिएको छ। पटक पटक बक्यौता तिर्न समय दिए पनि अटेरी गर्ने उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको हो।

मंगलबार बिहानै प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन लिएबापतको बक्यौता नतिर्ने ६ उद्योगको लाइन काटिएको र बक्यौता तिरेमा पुनः जोडिने बताएको छ।

बक्यौता तिर्न अटेरी गर्ने जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाची सिमेन्ट र त्रिवेणी स्पेनिङ मिल्सको लाइन आज काटिएको हो।

प्राधिकरणले आफ्ना काउन्टर तिहारका बिदाका दिनसमेत खुला रहने भएकाले बक्यौता तिरेमा पुनः लाइन जोडिने बताएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रबार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ ।

लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।

आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन्। उनीहरुले आफ्नाे नाम सार्वजनिक नगर्न आग्रह गरेका छन्।

Advertisment

थप समाचार