काठमाडौं : शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते, बिहान साढे १० बजे साधारण सभा गर्ने भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एकदिनका लागि बुकक्लोज गर्ने भएको छ। जसनुसार मंसिर १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment