काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्ट लिमिटेडलाई २ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ।
अर्घाखाँची सिमेन्ट लिमिटेडका अध्यक्ष पशुपति मुरारका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् ।
कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेका कारण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो ।
विभागले आइतबार बजार अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि जरिवाना गरेको हो।
यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
Advertisment