काठमाडौं : जाडो समय सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ।
नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ ।
क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर हीटिङ्ग पर्फर्मन्स र सुरक्षित हीटिङ्ग सिस्टमका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन् ।
यस वर्ष बजारमा आएको ‘एसेन्जा प्लस’ (एएसडब्ल्यूएच–६११५/६१२५) र ‘सोलारियम केयर’ (एएसडब्ल्यूएच-३९१५/३९२५) सिरिजले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हीटिङ्ग इक्स्पीरीअन्स प्रदान गर्ने कम्पनीको दाबी छ ।
नयाँ मोडेलहरू स्टोरेज हीटिङ्ग टेक्नोलोजीमा आधारित छन्। जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ ।
एक्जेनिया प्लस सिरिज आधुनिक घरका लागि प्रिमियम हिटिङ्ग पर्फर्मन्स उपलब्ध गराउँछ भने सोलारियम केयर सिरिजले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो हट वाटर सलुसन प्रदान गर्छ।
Advertisment