Below Menu
Below Menu

सहकारी प्राधिकरणबाट इजाजतपत्र पाउने कर्णाली प्रदेशकै पहिलो बन्यो वीरेन्द्रनगर साकोस

सहकारी प्राधिकरणबाट इजाजतपत्र पाउने कर्णाली प्रदेशकै पहिलो बन्यो वीरेन्द्रनगर साकोस

सुर्खेत : विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेत राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गर्ने कर्णाली प्रदेशकै पहिलो सहकारी बनेको छ ।

प्राधिकरणले आज (पौष ३ गते) संस्थालाई औपचारिक रूपमा सञ्चालन इजाजतपत्र प्रदान गरेको हो । संस्थाले इजाजतपत्र नम्बर २०५८–००००७ प्राप्त गरेको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गर्दै बचत तथा ऋणलाई मुख्य कारोबार बनाएका सहकारीहरूका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको थियो ।

सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्था २०५८ साल असार २२ गते २७ जना सदस्यहरुबाट सुरु भएको थियो । संस्थामा हाल २३ हजार ७८७ जना सदस्य आवद्ध छन् । १९ संस्थागत सदस्य रहेको संस्थामा ४ हजार ४१८ बाल सदस्य छन् ।

२०८२ मंसिर मसान्तसम्मको तथ्यांक अनुसार संस्थाको सेयर पुँजी १६ करोड १ लाख, जगेडा कोष ६ करोड ४८ लाख, कुल संस्थागत पुँजी ६ करोड ७९ लाख, कुल बचत ९९ करोड ८९ लाख, कर्जा लगानी १ अर्ब १० करोड र कुल सम्पत्ति १ अर्ब ४२ करोड रहेको छ।
 

Advertisment

थप समाचार