Below Menu
Below Menu

काङ हाइड्रोपावरको प्रथम साधारण सभा सम्पन्न, लागत कम र निर्माण अवधि छोटो हुने

काङ हाइड्रोपावरको प्रथम साधारण सभा सम्पन्न, लागत कम र निर्माण अवधि छोटो हुने

काठमाडौं : काङ हाइड्रोपावर कम्पनी लिमिटेड ललितपुरको प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदिपराज गिरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले वार्षिक प्रगति प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखा परिक्षण प्रतिवेदन सर्वसम्मत स्वीकृत गरेको छ। 

अध्यक्ष गिरीले उक्त कम्पनीबाट निर्माणाधिन माथिल्लो मैवाखोला जलविद्यत् आयोजनाको समग्र प्रतिवेदन प्रस्तुत गर्दै आयोजनाको विस्तृत डिजाइन, निर्माण सुपरभिजनका लागि कन्सल्टेण्ट छनौट, निर्माण पूर्व कार्यहरुको लागि ठेकेदार नियुक्ति गर्नुका साथै मुख्य सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल निर्माण र टान्समिसन लाइन निर्माण कार्यका लागि ठेकेदार छनौट भई निर्माण कार्य धमाधम भैरहेको सभालाई जानकारी गराए। साथै उनले संस्थागत सुशासनमा कम्पनी प्रतिवद्ध रहेको समेत विश्वास दिलाए।

कम्पनीका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले आयोजनाको प्राविधिक पक्षलाई स्पष्ट पार्दै १५ सय मिटर भन्दा होचो उचाईमा आयोजना स्थल रहेको हुँदा वर्षभरि निर्माण कार्यलाई निरन्तरता दिन सकिने बताए। टनेल निर्माणको दुई स्थानमा अडिट टनेल निर्माण भैरहेकोले निर्माण कार्य अनुमान गरेभन्दा चाडै सकिने उनले बताए।

आयोजना निर्माणस्थलको भौगोलिक अवस्था राम्रो रहेको जानकारी गराउँदै सडक र विद्युत् लाइन आयोजना स्थलमा पुगिसकेको हुँदा लागत कम लाग्ने र निर्माण अवधि छिटो हुने उनले जानकारी गराए।

कम्पनीका संचालक डा. वसन्त गिरीले स्वागत मन्तव्य राखेका थिए भने आर्थिक प्रतिवेदन सीए नारायण कंडेलले प्रस्तुत गरेका थिए। आयोजना निर्माणमा हालसम्म कम्पनीले करिब ३३ करोड खर्च गरिसकेको सभालाई जानकारी गराइएको थियो ।

साथै आयोजना निर्माणका लागि आवश्यक पर्ने वित्तीय व्यवस्थापनका लागि कम्पनीसँग एनएमवी बैंक र कृषि विकास बैंकबीच सम्झौता भैसकेको छ ।

Advertisment

थप समाचार