Below Menu
Below Menu

विकास नायक-२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित

विकास नायक-२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित

काठमाडौं : आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल ‘विकास नायक-२०८२’ बाट सम्मानित भएका छन्।

विकास मिडियाले आइतबार आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड समारोहमा अर्थमन्त्री रामेश्वर खनालले ढकाललाई अवार्ड र सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

नवीन प्रविधि र कृतिम बौद्धिकता (एआई) को विकास तथा प्रयोगमार्फत आम नागरिकको दैनिकीलाई सरल र प्रभावकारी बनाएको योगदानको आधारमा ढकाललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। 

हाल सातवटा आईटी कम्पनीहरूको नेतृत्व गर्दै आएका ढकालले स्वदेश तथा विदेशका विभिन्न संस्थालाई प्रविधि सेवा प्रदान गरिरहेका छन्। 

ढकालको नेतृत्वमा नेपालमै विकास भएका विभिन्न सफ्टवेयरहरू हाल अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, मलेसिया र भारतलगायतका देशहरूमा प्रयोगमा छन्। ती सफ्टवेयरहरूले स्वदेशी बैंक, बीमा कम्पनी, अस्पताल, शैक्षिक संस्था तथा ठूला कर्पोरेट संस्थाहरूको सेवा प्रणालीलाई डिजिटल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

९० को दशकमा प्रचलित जटिल कागजी प्रक्रिया अन्त्य गर्दै विदेशबाट नेपालका दुर्गम क्षेत्रसम्म पनि छिटो र सुरक्षित रूपमा रकम पठाउन सकिने आईएमई सेवा सुरुआत गर्नु ढकालको अर्को महत्वपूर्ण उपलब्धि मानिन्छ। यस पहलले नेपालमा सूचना प्रविधि तथा डिजिटल वित्तीय सेवाको विकासलाई नयाँ दिशा दिएको छ।

Advertisment

थप समाचार