Below Menu

उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, हेमराज ढकालको प्यानल घोषणा

उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, हेमराज ढकालको प्यानल घोषणा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ।

Sponsored Advertisement

महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो।

सोमबार राजधानीमा आयोजित समारोहमा ज्योत्सना श्रेष्ठ(उपाध्यक्ष एसोसिएट) , उमेश डालमिया (उपाध्यक्ष जिल्ला नगर), कल्पना गैरे (उपाध्यक्ष जिल्ला नगर), नरेश लाल श्रेष्ठ (उपाध्यक्ष वस्तुगत), कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष)मा उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुनेछन् भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

थप समाचार