Below Menu
Below Menu

एफनसीसीआई निर्वाचन: वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा

एफनसीसीआई निर्वाचन: वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ।

महासंघको नयाँ विधानअनुसार समूहले उपाध्यक्षसहित १७ सदस्यीय टीम सार्वजनिक गरेको हो। समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ।

समूहका सदस्यहरूमा भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन्।

यसैगरी महासंघतर्फ प्रतिनिधित्व गर्ने सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन्।

उम्मेदवार श्रेष्ठका अनुसार कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय तथा जलविद्युतलगायत विभिन्न क्षेत्र समेटेर समावेशी र सशक्त टोली निर्माण गरिएको हो। उनले आगामी निर्वाचनमा आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गरेका छन्।

Advertisment

थप समाचार