Below Menu
Below Menu

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदीको भाउ बढ्दै 

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदीको भाउ बढ्दै 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार