राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको बजेटका लागि राय-सुझावसहितको प्रतिवेदन अर्थमन्त्री समक्ष पेश

राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको बजेटका लागि राय-सुझावसहितको प्रतिवेदन अर्थमन्त्री समक्ष पेश

काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका क्रममा नेपाल राष्ट्र बैंकले सरकारलाई पूर्व–बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।

Sponsored Advertisement

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) अनुसार वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको समग्र आर्थिक तथा वित्तीय अवस्थाबारे सरकारलाई प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

सोही व्यवस्था अनुरूप राष्ट्र बैंकले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक सुझाव तथा रायसहितको प्रतिवेदन सरकारलाई उपलब्ध गराएको हो।

प्रतिवेदनमा मुलुकको वर्तमान आर्थिक अवस्था, वित्तीय क्षेत्रको स्थिति, राजस्व तथा लगानीको अवस्था, बैंकिङ प्रणालीको तरलता, मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति लगायत विषय समेटिएको जनाइएको छ।

आगामी बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने, उत्पादन र लगानी वृद्धि गर्ने तथा वित्तीय स्थायित्व कायम गर्ने दिशामा केन्द्रित हुनुपर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको बताइएको छ।

राष्ट्र बैंक ऐनको दफा ४ मा समेत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा राष्ट्र बैंकबाट प्राप्त सुझावलाई आधार बनाएर नीति तथा कार्यक्रम तय गर्ने अपेक्षा गरिएको छ।

थप समाचार