Below Menu
Below Menu

नेप्से परिसूचकमा उच्च अंकको सुधार, साढे चार अर्बमाथिको कारोबार 

नेप्से परिसूचकमा उच्च अंकको सुधार, साढे चार अर्बमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २४७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६१ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा तीन अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.१९ प्रतिशतले बढेको हो । आज त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य २.८७ प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार