काठमाडौं: त्रिवेणी राइस इन्डस्ट्रिजको व्यापार सन् २०२५ मा ८९.१६ प्रतिशतले बढेको छ । कम्पनीले आर्थिक वर्ष २०२५ मा एक अर्ब ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ५६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ८९ करोड २० लाख रुपैयाँ बराबरको आम्दनाी गरिसकेको छ ।
साथै अघिल्लो वर्ष नगद घाटामा रहेको कम्पनीले यस वर्ष ७० लाख रुपैयाँ नगद नाफा कमाएको छ । व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि वृद्धि देखिएको छ ।
सन् २०२४ मा ३.३४ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा बढेर ५.७८ प्रतिशत पुगेको छ । सन् २०२५ मा कम्पनीको गियरिङ अनुपात ३.४६ गुणा रहेको छ भने ब्याज कभरेज रेसियो १.०९ गुणा रहेको छ ।
२०२३ सेप्टेम्बरमा स्थापना भएको त्रिवेणी राइस इन्डस्ट्रीले जीरा मसिनो र सोना मन्सुली चामल उत्पादन तथा वितरण गर्दै आएको छ । कम्पनीको उत्पादन प्लान्ट पर्साको बिरगञ्ज–३२, चोर्नीमा रहेको छ । कम्पनीको उत्पादन प्रशोधन क्षमता प्रतिघण्टा ८ मेट्रिक टन क्षमता रहेको छ । कम्पनीका अध्यक्ष विरेन्द्रकुमार संघाई हुन् ।
संघाई परिवारको स्वामित्व रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २५ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७४ करोड ६० लाख रुपैयाँको गराएको छ ।
Advertisment