Below Menu
Below Menu

अम्बानी समूह फेरि विवादमा: नक्कली कागजात पेस गरी १५० करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता

अम्बानी समूह फेरि विवादमा: नक्कली कागजात पेस गरी  १५० करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता

एजेन्सी : भारतका चर्चित उद्योगपति अनिल अम्बानी समूहसँग सम्बन्धित कम्पनीहरू फेरि गम्भीर आर्थिक विवादमा तानिएका छन्। अम्बानी समूहसँग सम्बन्धित कम्पनीका तत्कालीन निर्देशकहरू विरुद्ध ठगी र आपराधिक षड्यन्त्रको मुद्दा दायर गरिएको छ। 

मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले एक्सिस बैंकको उजुरीका आधारमा अनिल अम्बानी समूहसँग आबद्ध कम्पनीका तत्कालीन निर्देशकहरू र अधिकारीहरू विरुद्ध ठगी, आपराधिक षड्यन्त्र तथा बैंकिङ अनियमिततासम्बन्धी मुद्दा दर्ता गरेको हो।

प्रहरी अनुसन्धानअनुसार आरोपितहरूले नक्कली कागजात र भ्रामक वित्तीय विवरण प्रयोग गर्दै बैंकबाट करिब १५० करोड भारतीय रुपैयाँ ऋण स्वीकृत गराएका थिए। त्यसपछि उक्त रकम ऋण लिइएको उद्देश्यमा प्रयोग नगरी समूहभित्रका अन्य कम्पनीहरूको खातामा स्थानान्तरण गरिएको आरोप छ।

आईबीपीएस स्रोतका अनुसार एक्सिस बैंकका उपाध्यक्ष प्रकाश प्रभाकर रावको उजुरीको आधारमा कारबाही गरिएको हो। बैंकले आरोपितहरूले ठगी गर्ने र बैंकलाई आर्थिक नोक्सान पुर्‍याउने षड्यन्त्र गरेको बताएको छ। अनिल धीरुभाई अम्बानी समूहसँग सम्बन्धित कम्पनीहरू विरुद्ध एक्सिस बैंकको उजुरीको आधारमा यो दोस्रो मुद्दा दायर गरिएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार रिलायन्स होम फाइनान्स लिमिटेड का तत्कालीन पूर्णकालीन निर्देशक, एडीएजी समूहका लाभार्थी कम्पनीका प्रतिनिधिहरू तथा सम्बन्धित अधिकारीहरूले मिलेर बैंकलाई गलत सूचना दिएका थिए। ऋण स्वीकृत गराउन कम्पनीको वास्तविक वित्तीय अवस्था लुकाइएको र नक्कली कागजात पेश गरिएको आरोप छ।

प्रहरी स्रोतका अनुसार बैंकले प्रारम्भमा करिब ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको थियो। तर, रकम प्राप्त भएपछि त्यसलाई परियोजना वा स्वीकृत प्रयोजनमा प्रयोग नगरिएको दाबी गरिएको छ। बरु, पैसा आफ्नै समूहभित्रका अन्य कम्पनीहरूको खातामा सारिएको र पछि ऋण भुक्तानी नगरी बैंकलाई आर्थिक नोक्सान पुर्‍याइएको आरोप लागेको हो।

यो अनिल अम्बानी समूहविरुद्ध एक्सिस बैंकको उजुरीमा दर्ता भएको दोस्रो ठूलो मुद्दा हो। यसअघि, मार्च १० मा द्यबलप या क्ष्लमष्ब ले पनि समान प्रकृतिको उजुरी दर्ता गरेको थियो। त्यस मुद्दामा पनि समूहसँग सम्बन्धित कम्पनीहरू तथा उनीहरूका निर्देशकमाथि बैंकलाई झुक्याएर ऋण लिएको र रकम अन्यत्र सारिएको आरोप लगाइएको थियो।

एक्सिस बैंकका उपाध्यक्ष प्रकाश प्रभाकर रावले दर्ता गराएको उजुरीपछि आर्थिक अपराध शाखाले अनुसन्धान अघि बढाएको हो। प्रहरी स्रोतका अनुसार अहिले वित्तीय कारोबार, बैंक खाताहरू, कम्पनीबीचको रकम स्थानान्तरण तथा कागजातहरूको प्राविधिक परीक्षण भइरहेको छ। आवश्यक परे थप व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइने जनाइएको छ।

Advertisment

थप समाचार