काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब आठ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सेन्ट्रल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक हाइड्रोपावर रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ ।
Advertisment