काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि संयुक्त राष्ट्रसंघका रेसिडेन्ट को–अर्डिनेटर लिला पेइटर्सले आज मन्त्रालयस्थित कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटका क्रममा नेपालमा संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गतका विश्व स्वास्थ्य संगठन, युनिसेफ, युनडिपी र युनएफपिए लगायतका निकायमार्फत लामो समयदेखि भइरहेको सहयोग र साझेदारीका विषयमा विस्तृत छलफल भएको थियो।
सो अवसरमा नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे प्राथमिकता, दिगो विकास लक्ष्य कार्यान्वयन, सार्वभौमिक स्वास्थ्य सेवा पहुँच, जलवायु परिवर्तनका असर, खाद्य स्वच्छता, स्वास्थ्य बिमा प्रणाली, साथै स्वास्थ्य क्षेत्रमा भइरहेको डिजिटलाइजेसन र टेलिमेडिसिन विस्तारजस्ता विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ।
Advertisment