काठमाडौं : सरकारले तल्लो अरुणसहित चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसका साथै सरकारले सामान्य प्रशासन मन्त्रालयबाट रहेको निजामती सेवा १६ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा बुझाएका थिए ।
यसका साथै सरकारले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
Advertisment