Below Menu
Below Menu

सहकारीका उत्पादन बजारमा पुर्याउन सहकारी नै सक्रिय हुनुपर्नेमा सरोकारवालाको जोड

सहकारीका उत्पादन बजारमा पुर्याउन सहकारी नै सक्रिय हुनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं : सहकारीद्धारा उत्पादन गरिएको वस्तु तथा सेवाको बजारीकरणमा सहकारीेहरु आफै सक्रिय हुनुपर्ने सहकारी सम्बद्ध सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सरकारले लिएको उद्यमशिलताको कुनै पनि नीतिमा सहकारीको प्रतिनीधि नराखेको गुनासो गर्दै अबको बजारीकरणमा सहकारीहरु विच नै समन्वय हुुनुपर्ने आवश्यकता औल्याए ।घ

उद्यमशीलता विकास, बजारीकरण र सहकारीमार्फत सञ्जाल विस्तार विषयक प्यानल डिस्कसनमा बोल्दै प्यानलिस्टहरुले बजारीकरणको समस्याको विषय उठाएका हुन् । प्यानलिस्टहरुले उद्यमशीलता विकासमा व्यावसायिकता अनिवार्य शर्त भएको समेत उल्लेख गरे । 
 
श्रीनगर एग्रो प्रालिकी प्रवन्ध निर्देशक मौसमी श्रेष्ठले सहकारी पैसा दिने संस्था मात्र नभई उद्यममा सघाउने संस्था  भएको बताइन् । उनले भनिन्, ‘उद्यमीले राम्रो सेवा चाहने भएकाले सहकारीमा आवद्ध भएर वस्तु तथा सेवा उत्पादन गरिरहेकाहरुको समस्या समाधान गर्ने माध्यम सहकारी बन्नुपर्छ  । श्रीनगर एग्रोले पनि २ सय सहकारीसँग मिलेर काम गरिरहेको र उद्यमशिलता विकासमा सघाइरहेको छ ।’

कतिपय सहकारीमा राजनीतिक हुने गरेको बताउँदै उनले भनिन्, ‘राजनीतिक प्रभावबाट मुक्त भएर सहकारीको मार्केटिङ हुनुपर्छ ।’

सेवा नेपालकी अध्यक्ष टिका अधिकारीले पनि विभिन्न संघसंस्थाले बजारीकरणमा सघाउँनुपर्ने बताइन् । ‘सामाजिक उद्यमी महिलाहरुको छाता संस्था सेवा नेपाल भएकाले सेवा नेपालमा आवद्ध महिला उद्यमीहरुको वस्तुको बजारीकरणका लागि विभिन्न प्रदेशमा शाखा समेत स्थापना गरिएको छ । विभिन्न प्रदेश जिल्लाबाट उत्पादित बस्तुको बजारीकरणको लागि व्यापाक प्रचार प्रसार पनि गरिरहेका छौँ’, उनले भनिन् । 

यस्तै महिलाले उत्पादन गरेको वस्तुको गुणस्तरमा निगरानी र परिक्षण गर्नुपर्ने आवश्यकता समेत उनले औल्याएकी छन् ।  उनी भन्छिन, ‘किसानको वस्तुमा लोगो, प्याकिङ र ब्राण्डिङमा ध्यान दिनुपर्छ । 
अन्र्तराष्ट्रियस्तरमा प्रचार प्रसार गर्न सहकारीलाई माध्यम बनाउनुपर्छ ।’ 

अन्र्तराष्ट्रिय श्रम संगठनकी ‘नेशनल प्रोजेक्ट अफिसर’ कृपा बस्नेतले अन्र्तराष्ट्रिय श्रम संगठनले श्रमको मापदण्ड हेर्ने भएकाले सहकारीहरुले  यस्तो मापदण्डमा ध्यान दिनुपर्ने बताइन् । 

उनले भनिन्, ‘३३ हजार सहकारी छन भनिएको छ, त्यसमा कति जना महिला कार्यरत छन् । उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गरिएको छन् कि छैन त्यसलाई पनि हेर्नु जरुरी छ । रोजगारदाता र श्रमिक दुवैको समन्वयमा काम हुनुपर्छ ।’ 

सहकारीमा काम गर्ने वातावरणमा लचकता हुन पनि उनले  सहकारीकर्मीहरुलाई आग्रह गरिन् । उनी भन्छिन, ‘हामी सहयोग गर्न आएका हौ रोक्न आएका होइनौँ । महिलाहरुलाई श्रम बजारमा ल्याउने हो भनेमात्र बजारीकरण सम्भव हुन्छ ।’ 

यता राष्ट्रिय सहकारी महासंघकी पूर्व प्रवन्ध निर्देशक चित्रा कुमारी थाम्सुहाङले सरकारले न सहकारीलाई उपेक्षा गरेको बताइन् । उनले सरकारले बनाएको कुनै पनि नीति नियम, मापदण्ड निर्देशिकामा सहकारीकर्मीको सहभागिता नभएको समेत उनको दाबी छ । 

सरकारले लिएको नवप्रवर्तन नीतिमा पनि सहकारीका कुनै पनि प्रतिनीधिको सहभागिता नभएको उनको गुनासो छ । उनी भन्छिन्, ‘सहकारीको उत्पादन ब्राण्डिङ नगरी हुदैन भनेर हामीले  महासंघमा हुँदा नै अन्र्तराष्ट्रिय स्तरमा लैजानुपर्ने आवाज उठाउँदै आएपनि अहिलेसम्म सम्भव भएन । ’

थाम्सुहाङले सहकारी ऐनमा नै सहकारीले उत्पादन गरेको बस्तुको उत्पतिको प्रमाणपत्र केन्द्रिय संघको सिफारिसमा सहकारी महासंघले जारी गर्ने भनेपनि उक्त नियम  हालसम्म लागु नभएको उनले बताइन् । 

सरकारले नै १० लाखसम्मको ऋण विनाधितो पाउने व्यवस्था गरिसकेको छ  तर सहकारीलाई किन ३ लाखको बन्देज लगाइयो भन्दै उनले प्रश्न समेत गरिन् । यो सिमा केका लागि यसको गम्भीर अध्ययन र छलफल हुनु जरुरी छ, उनी भन्छिन् ।
 
अर्का प्यानलिस्ट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मण उप्रेतीले पनि बैंकले उद्यमशीलता विकास र बजारीकरणमा काम गरिरहेको बताए । उप्रेतीका अनुसार बैंकबाट करिब १५ अर्ब लगानी हुँदा यसको २० प्रतिशतत कर्जा उद्यमशीलतामा काम गर्ने सहकारीहरुलाई प्रवाह गर्ने गरी प्रोडक्ट बनाएको छ  । 

यस्तै अन्य कर्जा भन्दा महिला उद्यमीलाई दिने कर्जामा ०.५ प्रतिशत ब्याज छुट समेत दिइएको छ । अर्को तर्फ यूवाको क्षेत्रमा सहयोग पुग्नेगरी प्रोडक्ट डिजाइन गरेपनि तयसमा माग अत्यन्तै काम भएको उनले बताए । यस्तै बैकले प्रारम्भिक संस्थाले उत्पादन तथा डिजाइन गरेको वस्तु तथा सेवाको बजारीकरणका लागि नीजि क्षेत्रसँग मिलेर काम गरिरहेको समेत बताए । 

‘नेतृत्वमा नारी समृद्धिमा सहकारी’ भन्ने नारासहित  ललितपुरमा  दुईदिने महिला सम्मेलन भएको थियो । सो सम्मेलनमा २५० भन्दा बढी सहकारीकर्मी महलिाहरु सहभागी भएका थिए । 

Advertisment

थप समाचार