सोलु हाइड्रोपावरको ५ लाख कित्ता शेयरको लक इन अवधि साउन ११ गतेबाट सकिँदै 

सोलु हाइड्रोपावरको ५ लाख कित्ता शेयरको लक इन अवधि साउन ११ गतेबाट सकिँदै 

काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन ११ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि ५ लाख कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।

लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।  

थप समाचार