Below Menu
Below Menu

सुनको मूल्य तोलामा १६ सयले घट्यो, चाँदीको भाउ पनि सस्तियो 

सुनको मूल्य तोलामा १६ सयले घट्यो, चाँदीको भाउ पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । 

Advertisment

थप समाचार