काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.३८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज बुंगल हाइड्रोको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment