काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.३८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सोपान फर्मास्युटिकल्सको शेयरमूल्य ५.०५ प्रतिशतले घटेको छ ।
Advertisment