Below Menu

कच्चा तेल सस्तिँदा पनि पेट्रोल महँगो बनाएको भन्दै तेल कम्पनीहरूमाथि अनुसन्धान गर्न ट्रम्पको निर्देशन

कच्चा तेल सस्तिँदा पनि पेट्रोल महँगो बनाएको भन्दै तेल कम्पनीहरूमाथि अनुसन्धान गर्न ट्रम्पको निर्देशन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख ऊर्जा कम्पनीहरूविरुद्ध अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा पनि पेट्रोलको मूल्य अपेक्षाअनुसार नघटाएको भन्दै कम्पनीहरूले उपभोक्तामाथि अनुचित रूपमा बढी मूल्य असुली रहेको आरोप लगाएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले अमेरिकी न्याय विभागलाई यस विषयमा तत्काल अनुसन्धान सुरु गर्न आदेश दिएको बताएका छन्। उनले पेट्रोलको मूल्य आफूले अपेक्षा गरेभन्दा धेरै ढिलो गतिमा घटिरहेको उल्लेख गर्दै कुनै पनि तेल कम्पनीको नाम भने सार्वजनिक गरेका छैनन्।

उनको यो प्रतिक्रिया इरान युद्धका क्रममा उच्च विन्दुमा पुगेको तेलको मूल्य केही घटे पनि युद्धअघि रहेको स्तरभन्दा अझै माथि रहेको अवस्थामा आएको हो।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन्, ‘ठूला तेल कम्पनीहरूले आफूहरूले सस्तो मूल्यमा कच्चा तेल किन्दा पनि पेट्रोल पम्पमा त्यसअनुसार मूल्य घटाइरहेका छैनन्। तेलको मूल्य त ढुंगाजस्तै खसिरहेको छ, तर उपभोक्तालाई भने अझै महँगो मूल्य तिर्न बाध्य पारिएको छ। यो स्पष्ट रूपमा मूल्य असुली हो।’

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो उतारचढाव देखिएको थियो। त्यसको प्रतिक्रियास्वरूप तेहरानले विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एकमा अवरोध सिर्जना गरेपछि तेल तथा ग्यास आपूर्तिमा असर परेको थियो। यसका कारण ऊर्जा मूल्य तीव्र रूपमा बढेका थिए।

यस अवधिमा विश्व बजारको प्रमुख मापदण्ड मानिने द्यचभलत ऋचगमभ को मूल्य मे महिनामा प्रतिव्यारेल करिब १२० अमेरिकी डलरसम्म पुगेको थियो। तर शान्ति वार्ता अगाडि बढेसँगै हाल यसको मूल्य घटेर करिब ७६ डलर प्रतिव्यारेलमा झरेको छ। यद्यपि यो युद्ध सुरु हुनुअघि रहेको करिब ७० डलर प्रतिव्यारेलको स्तरभन्दा अझै माथि छ।

यसैबीच अमेरिकामा नियमित पेट्रोलको औसत खुद्रा मूल्य पनि अप्रिलमा प्रतिग्यालन ४ डलरभन्दा माथि पुगेको थियो। हाल यो मूल्य घटेर करिब ३।९० डलर प्रतिग्यालनमा आएको भए पनि युद्धपूर्वको स्तरभन्दा अझै उच्च रहेको छ। ट्रम्पले यही अन्तरलाई आधार बनाएर तेल कम्पनीहरूले मूल्य घटाउन ढिलाइ गरिरहेको र त्यसबाट उपभोक्ताहरू मारमा परेको दाबी गरेका छन्।

थप समाचार