Below Menu
Below Menu

कुमारी बैंकको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल नागपोखरी वा कुमारी बैंकको  प्रधान कार्याल, काठमाडौं, टंगालमा आवेदन पेश गर्न सक्नेछन् ।

उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै तोकिएको समयमा शेयरधनीहरुबाट कुनै पनि आवेदन पेश हुन नआएमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार