सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ।

Sponsored Advertisement

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीका साथै कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई र बालाजु शाखा प्रमुख मदन खतिवडाको समेत उपस्थिति रहेको थियो।

सामग्री बुझ्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मगरले यस सहयोगले उद्धार टोलीको कार्यक्षमता बढाउने र कठिन परिस्थितिमा नागरिकको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिए । त्यस्तै, सन लाइफका निमित्त सिइओ फुयालले बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद्को पूर्व तयारी र आपतकालीन जोखिम व्यवस्थापनमा योगदान पुर्‍याउने उद्देश्यले सामग्री सहयोग गरिएको बताए।

देशभर १५० वटा शाखा तथा उप-शाखा सञ्जाल रहेको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

थप समाचार