नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र स्वतः रद्द

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र स्वतः रद्द

काठमाडौं : नेपाल राष्ट्र बैंक नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ।

बुधबार एक सुचजना जारी गर्दै राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई २०७७ फागुन १८ गते प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३ को उपदफा (६) बमोजिम स्वतः रद्द भएको जानकारी दिएको हो।

बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थासँग सम्पर्क गर्न अनुरोध गरेको छ।

थप समाचार