एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको सात लाख ९० हजार कित्ता र संस्थापकको २२ लाख १० हजार कित्ता गरी कुल ३० लाख  कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘ईसीएल’ रहेको छ 

कम्पनीहरुको शेयर शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

थप समाचार