काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७. ८० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब १७ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिंगटी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९६ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.७७ प्रतिशतले घटेको छ ।