काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूलाई साउन १५ गतेसम्म उठेको ब्याजलाई चालु आर्थिक वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि साउन १५ सम्म उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेपछि प्राधिकरणले पनि सहकारी क्षेत्रका लागि सोही प्रकृतिको सुविधा लागू गर्न लागेको हो।
प्राधिकरणले यस सम्बन्धमा आजै सहकारी संस्थालाई परिपत्र जारी गर्ने तयारी गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
नयाँ व्यवस्थासँगै सहकारी संस्थाहरूले साउन १५ गतेसम्म असुल भएको ब्याजलाई असार मसान्तसम्मको वित्तीय विवरण तथा चालु आर्थिक वर्षको नाफामा समावेश गर्न पाउनेछन्।