बिडारी, राउत र खत्रीलाई नाफिज पत्रकारीता पुरस्कार

बिडारी, राउत र खत्रीलाई नाफिज पत्रकारीता पुरस्कार

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामा योगदान पु¥याएका तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उर्जामन्त्री बिराजभक्त श्रेष्ठबाट पुरस्कार प्रदान गरिएको हो ।

यस वर्षको भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार सुरेश बिडारी लाई प्रदान गरिएको छ । उनि सेतोपाटी डटकममा आवद्ध छन् ।

त्यस्तै, भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमकी रिता राउत ले प्राप्त गरेकी छन् ।

यसैगरी, नेपाल निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार बिमा पोष्ट डटकमकी रिना खत्री लाई प्रदान गरिएको छ । उक्त पुरस्कारहरू सम्बन्धित क्षेत्रमा पत्रकारितामार्फत पु¥याएको योगदानको कदरस्वरूप प्रदान गरिएको नाफिजले जनाएको छ ।

थप समाचार